अर्घाखाँचीको छत्रदेवका ट्युमर पीडित ऋृषिराम खनाललाई सहयोग गर्न परिवार द्वारा अपिल

| २०७८ असोज १४ गते ११: १९ मा प्रकाशित

रविन घिमिरे, अर्घाखाँची। ब्रेन ट्युमर पीडित अर्घाखाँचीको छत्रदेव गाउँपालिका ४ केरूङ्गाका ३४ वर्षीय शिक्षक ऋृषिराम खनाललाई आर्थिक अभावमा उपचारमा समस्या देखिएको छ ।

श्री कृष्ण मावि पाणिनि ५ मैदानका पूर्वशिक्षक समेत रहनुभएका र हाल श्री महेन्द्र विद्यावोध मा वि छत्रदेव ४ बल्कोटमा अंग्रेजी विषय शिक्षकका रूपमा अध्यापनरत उहाँ ब्रेन ट्युमर भएपछि हाल भारतस्थित अपोलो अस्पतालमा उपचाररत हुनुहुन्छ ।

उहाँको परिवारमा उहाँसगै बुबा, एक भाइ,श्रीमती र एक सानी छोरी छन् । उहाँकी आमाको पनि ४/५ वर्ष पहिला निधन भैसकेको छ। उहाँको भाइ पनि शारीरिक रूपमा अशक्त भएकाले उहाँकै भरमा गुजारा गरेको परिवारमाथि ठूलै बज्रपात आइपरेको छ ।

बिगत एक महिनादेखि उहाँ ब्रेन ट्युमर जस्तो जटिल रोगबाट पीडित भई वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको रिफर अनुसार हाल अपोलो हस्पिटल नयाँ दिल्ली भारतमा उपचाररत हुनुहुन्छ ।

यो रोगको उपचारको लागि कम्तीमा नेपाली ३० लाख रुपैयाँ लाग्ने हुँदा एउटा सामान्य परिवारका लागि निकै नै ठूलो रकम भएकाले उहाँको जीवन रक्षाको लागि परिवारले सहयोग गर्न अनुरोध गरेको सोही विद्यालयका शिक्षक प्रकाश खनालले जानकारी गराउनुभयो ।

यसका लागि राष्ट्रिय बाणिज्य बैंक सन्धिखर्क शाखाको उहाँकै नाममा रहेको खाता नं ३०५०१००००००३६०१२ मा सहयोग रकम जम्मा गरिदिन सहयोगी मनहरुलाई परिवारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्