युवा व्यवसायी यम पान्डे द्वारा भगवती मन्दिर लाई १ लाख १६ हजार ५ सय ८१ रुपैयाँ हस्तान्तरण

| २०७८ कार्तिक ८ गते १७: ०९ मा प्रकाशित

एसपी भुसाल। छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङगामा रहेको कालिका भगवती मन्दिर कोटमा एक समारोहबीच मन्दिर मा लागेको १ बर्षको सम्पुर्ण खर्च ब्योहोर्ने  नेपाली काङ्ग्रेस का युवा नेता एबम युवा ब्यबसायि सामाजिक अभियान्ता यम पान्डे का  बुवा ईश्वरीप्रसाद पान्डेलाई मन्दिर ब्यबस्थापन समितिले सम्मान गरेको छ । 

गत बर्ष युवा व्यवसायी यम पान्डेले गत वर्षको दशै देखि  यश वर्षको दशैसम्मको सम्पुर्ण पुजा खर्च आफू ले मन्दिर ब्यबस्थापन समितिलाई हस्तान्तरण गर्ने घोषणा गरे अनुसार सो रकम हस्तान्तरण गर्नु भएको हो  सामाजिक राजनीतिक क्षेत्रमा निकै सहयोग गर्दै आउनु भएका नेपाली काङ्ग्रेस का युवा नेता पान्डे काठमाडौं सुकेधारामा रहेको प्रशम्सा ईन्प्राईजेज का सन्चालक हुन पान्डेले १ बर्ष सम्मको खर्च १ लाख १६ हजार ५ सय ८१ रुपैयाँ मन्दिर ब्यबस्थापन समितिलाई १ बर्षको खर्च हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्