छत्रदेवको चिंदिकामा अनुमति बिना ढुङ्गा बोकेका ट्याक्टर पक्राउ

| २०७८ पौष १ गते १९: १४ मा प्रकाशित

अर्घाखाँची।नेपाल प्रहरीले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका चिदिकामा अनुमति बिना ढुङ्गा बोकेको ट्याक्टरलाई पक्राउ गरेको छ। 

मङ्सिर २९ गते दिउँसो करिब १२ बजेको समयमा जछत्रदेव गाउँपालिका चिदिकामा लु २ त ५१७९ र लु ३ त ४९६१ नंम्बरको ट्याक्टरले अनुमति बिना ढुङ्गा बोकेको पाईएकोले उक्त सवारी साधनलाई नियन्त्रणमा लिई प्रहरी चौकी बलकोटमा पठाईएको थियो। 

प्रहरी चौकीं ले थप आवश्यक कारबाहीको लागि छत्रदेव गाउँपालिकाको वडा कार्यालयमा पठाइएकोमा प्रति ट्याक्टर रु. १०,०००।-(रु.दश हजार) गरि जम्मा रू.२०,०००।– (रु बिस हजार) जरिवाना भएको खबर प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्