अर्घाखाँचीको छत्रदेवमा भगवती स्वास्थ्य चाैकी भवनकाे उद्घाटन (तस्विर सहित)

| २०७८ पौष १२ गते १७: ५७ मा प्रकाशित

प्रेमनारायण आचार्य,छत्रदेव।
 १२ पुस- अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका वडा नम्बर ७ काे भगवती स्वास्थ्य चाैकी भवनकाे आज उद्घाटन भएको छ ।

गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेलले भवनको उद्घाटन गर्नु भएको हाे ।

१ कराेड ६५ लाखकाे लागतमा भवन निर्माण भएको हाे । भवन उद्घाटन गर्दै अध्यक्ष पाेख्रेलले भाैतिक संरचना निर्माण  र गुणस्तरीय सेवा प्रदान गर्न  गाउँपालिका लागि परेको बताउनुभयो । उहाँले छत्रदेव गाउँपालिका नेपालकै नमुना गाउँपालिका भएको बताउदै निर्माण भएका संरचनाकाे संरक्षणमा स्थानीय अाफै चनाखो हुनुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ , छत्रकाेट गाउँपालिकाका उपाध्यक्ष नर्मदा भण्डारी , प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, सामाजिक विकास समितिका संयाेजक तथा वडा नम्बर ६ का अध्यक्ष कमल पाैडेल, पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्याैपाने, नेपाली कांग्रेसका जिल्ला सहसचिव मेघराज पाण्डे , नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य प्रकाश ज्ञवाली , नेकपा माअाेवादीका जिल्ला सदस्य जंग बहादुर परियार , राष्ट्रिय जनमाेर्चाका जीवनारायण पाण्डे , नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, स्थानीय सरस्वती माविका प्रधनाध्यापक ठाकुर प्रसाद पाण्डे , निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ , महिला स्वास्थ्य स्वयं सेविका राधा पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रममा वडा अध्यक्षहरु प्रकाशराज पन्थी , तेज प्रसाद खनाल , बालकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे।

कार्यक्रम वडा अध्यक्ष शाेभाखर पाण्डेको अध्यक्षता, सदस्य गाेपाल प्रसाद मरासिनीकाे स्वागत मन्तब्य र कमल श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हाे।कार्यक्रममा जग्गादाता भुवानन्द पाण्डे ,निर्माण व्यवसायी श्रेष्ठ कन्ट्रक्सनका सञ्चालक  हरि कुमार श्रेष्ठलाई सम्मान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्