अर्घाखाँचीको छत्रदेव गाउँपालिकाद्वारा खानेपानी संकलन गर्न ट्याङ्की वितरण

| २०७८ पौष २६ गते १७: ३७ मा प्रकाशित

प्रेमनारायण आचार्य ,अर्घाखाँची। सुख्खाग्रस्त क्षेत्र अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले खानेपानी संकलन गर्न ट्याङ्की वितरण गरेको छ। छत्रदेव गाउँपालिका वडा नं. १ चिदिकाका घरधुरीलाई  खानेपानी ट्याङ्की प्रदान गरिएको हो। 
 
पानी संकलन गरि खानेपानीको समस्या केही हदसम्म भए पनि समाधान गर्न ५ सय लिटरका ज्ञानी पोली ट्याङ्की वितरण गरिएको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताए।

उनले ट्याङ्कीमा खानेपानी तथा आकासे पानीलाई संकलन गरेर उपयोग गर्दा पानी बोक्ने समयको पनि सदुपयोग गरी सिर्जनात्मक काममा लाग्न सबैलाई आग्रह गरे। 

खानेपानीको समस्या समाधानको निम्ति गाउँपालिकाले काम गरिरहेको छ। महिला दिदीबहिनीलाई खानेपानीको समस्याका कारण घण्टौँ हिंडेर खानेपानी बोक्नु पर्ने समस्यालाई अन्त्य गर्न ट्याङ्की वितरण गरिएको छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठले बताइन्। 

निशुल्क ट्याङ्की पाएपछि स्थानीय खुशी भएका छन्। ट्याङ्की वितरण कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति हरि भुसाल, एमालेका वडा कमिटी अध्यक्ष काजिबाबु ज्ञवाली, माओबादी केन्द्रका अध्यक्ष मेघबहादुर ज्ञवाली, राष्ट्रिय जनमोर्चाका वडा कमिटी अध्यक्ष गोकर्णबहादुर कुमाल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेम आचार्य लागायतले मन्तब्य राखेका थिए। 

प्रतिक्रिया दिनुहोस्