छत्रदेवको ठूलापोखरामा चौवाह सामुदायिक स्वास्थ्य इकाइको स्थापना

| २०७८ माघ ६ गते १९: ३० मा प्रकाशित

प्रेमनारायाण आचार्य ,सन्धिखर्क। अर्घाखाँचीको छत्रदेव गाउँपालिका-६ ठुलापोखरामा चौवाह सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरिएको छ। स्वास्थ्य सेवाको पहुँच नपुगेको स्थानमा सामुदायिक स्वास्थ्य इकाइको स्थापना भएपछि स्थानीयहरु खुशी भएका छन्। उक्त स्थानमा कुमाल समुदायको बढी बसोबास रहेको छ।  

वडा नम्वर ६ ठूलापोखराको चौवाह आसपासका स्थानीयलाई स्वास्थ्य सेवा लिन सहजता होस भन्ने उदेश्यले सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरिएको वडा अध्यक्ष कमल पौडेलले बताए।

सामुदायिक स्वास्थ्य इकाइको बुधबार एक कार्यक्रमकाबीच छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले समुद्धाटन गरेका हुन्। सामुदायिक स्वास्थ्य इकाइको उद्धाटन गर्दै अध्यक्ष पोख्रेलले चौवाह आसपासका स्थानीयलाई स्वास्थ्य सेवा लिन सजिलो होस भन्ने उद्धेश्यका साथ सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरिएको बताए। 

प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुको पहुँच भन्दा टाढा रहेका स्थानहरु पालिकाका ४ स्थानमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको उनको भनाई छ। उनले छत्रदेव गाउँपालिकालाई नेपालकै नमुना गाउँपालिका हुने गरी काम गरिरहेको बताउँदै निर्वाचनको समयमा जनतासामु गरेको वाचा पूरा गरेको जानकारी दिए। 

प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले सामुदायिक स्वास्थ्य इकाइबाट प्राप्त हुने स्वास्थ्य सेवाको भरपुर उपयोग गर्न स्थानीयलाई आग्रह गरे। उनले उर्वर भूमी चौवाहको विकासका लागि गाउँपालिकाले प्राथमिकताका साथ काम गरेका बताएका छन्। 
 

प्रतिक्रिया दिनुहोस्