छत्रदेव ३ मा सिलाई कटाई तालिम शुरु

| २०७८ फागुन २९ गते २३: ३० मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
२९ फागुन - अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका वडा नम्बर ३ दुन्द्रुकमा सिलाइकटाइ तालिम शुरु भएको छ । 

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत छत्रदेव गाउँपालिकाकाे आयाेजनामा सञ्चालन भएको सिलाइकटाई  तालिम ४५ दिन सम्म चल्ने उद्यम विकास सहजकर्ता खडानन्द भुसालले जानकारी दिनुभयो । 

तालिमको एक कार्यक्रमका बिच छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेलले उद्घाटन गर्नुभएको हाे । तालिमको उद्घाटन गर्दैन अध्यक्ष पाेख्रेलले तालिममा सिकेका कुराहरू ब्यबहारमा उतारी स्वराेजगार बन्न सहभागीलाई आग्रह गर्नुभयाे । 

उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठले सिपकाे माध्यमबाट स्वराेजगार बनाउन गाउँपालिका लागिपरेको बताउनुभयो । कार्यक्रम वडा अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षता र छत्रदेव गाउँपालिकाका उद्यम विकास सहजकर्ता  खडानन्द भुसालको सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्