ठुलापोखरामा नेपाली कांग्रेसको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न

| २०७९ मंसिर १२ गते १८: ०८ मा प्रकाशित

कमला घिमिरे,पाणिनी। नेपाली कांग्रेस वडा कार्यसमिति छत्रदेव–६, ठूलापोखराको आयोजनामा  पुर्व सभापति एवं निवर्तमान निर्वाचित वडा सदस्य स्व.खडानन्द पौडेलको नवौ दिनको पुण्य तिथीको अबसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । 

नेपाली कांग्रेस ठुलापोखराका पुर्व सभापति तथा पुर्व जनप्रतिनिधि खडानन्द पौडेलको मंसिर ४ गते ६८ बर्षको उमेरमा निधन भएको थियो । श्रद्धाञ्जली सभामा मन्तब्य राख्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पुर्ब उपसभामुख पुस्पा भुसालले नेपाली कांग्रेसका एक निडर खम्बाको रुपमा रहेका पौडेलको निधनले कांग्रेसमा क्षती पुगेको बताउदै उहाँले देखाएको बाटोमा कांग्रेस अगाडी बढ्ने बताउनु भयो । 

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सह महामन्त्री विष्णुप्रसाद खनाल  (मुस्कान), नेपाली कांग्रेसका पुर्ब केन्द्रीय आमन्त्रीत सदस्य बालकृष्ण पाण्डे, जिल्ला सभापति केशव श्रेष्ठ, पर्ब जिल्ला सभापति पिताम्बर शर्मा, कमल प्रसाद भुसाल लगायतले श्रद्धाञ्जली मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रममा महाधीबेशन प्रतिनिधि तथा छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, यादव प्रसाद घिमिरे,  जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल, बाबुराम पौडेल, सचिव कृष्णप्रसाद खनाल, सहसचिव मेघराज पाण्डे, महाधीबेशन प्रतिनिधि पिताम्बर खनाल, क्षेत्रीय सभापति राजेसकुमार पन्थि, कांग्रेस जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ , बालकृष्ण पोख्रेल, नेपाली कांग्रेस छत्रदेवका सभापति प्रकाशराज पन्थी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रेमनारायण आचार्य, प्रदेश प्रतिनिध रामबहादुर राना, इन्दिरा भुसाल, सतिस भुुसाल, नेविसंघका सभापति भरतमणि भट्टराई लगायतले श्रद्धाञ्जली मन्तब्य राख्नु भएको थियो । 

श्रद्धाञ्जली सभा नेपाली कांग्रेस ठुलापोखराका सभापति धनीश्वर पाण्डेको सभापतित्व र वडा अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सहसचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्