पर्शुरामेश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेड छत्रदेव बल्कोटको ५ औँ वार्षिक साधारण सभा सम्पन्न

| २०७९ पौष १२ गते २२: १४ मा प्रकाशित

कमला घिमिरे/अर्घाखाँची ।
पौष १२ - पर्शुरामेश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेड छत्रदेव १, २ र ३ बल्कोटको पाचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

छत्रदेव गाउँ पालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा गणेश प्रसाद भट्टराई बिशिष्ट अतिथि रहेका थिए भने अतिथिहरुमा काजीबाबू ज्ञवाली, शंकर प्रसाद पाण्डे, तेजप्रसाद खनाल, राजेश पन्थी, मेनुका खनाल लगायतको उपस्थित रहेको थियोे ।

छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ 

कार्यक्रमका प्रमुख अतिथि चन्द्रमान श्रेष्ठद्वारा पानसमा दिप प्रज्वलन गरेर उद्घाटन भएको उक्त साधारण सभामा सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।त्यस्तै कार्यक्रममा सबैभन्दा उत्कृष्ट बालवचत गर्ने सुशान्त आले,सुलभ आले,जेनिशा सम्मानित भएका थिए भने भैंसी पालनको क्षेत्रमा उकृष्ट सरिता अधिकारी,राधा गिरि सम्मानित भएका छ्न त्यसैगरी बंगुर पालनबाट उकृष्ट राधा आले र ब्यवसायिक कृषकबाट उकृष्ट इन्दिरा भुसाल सावित्रा आचार्य पाण्डे सम्मानित भएका छ्न।

पर्शुरामेश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेड छत्रदेव १, २ र ३   बल्कोटको पाचौं वार्षिक साधारण सभा

उक्त साधारणसभाले आगामी कार्यकालको लागि नया नेतृत्व समेत चयन गरेको छ,जसमा अध्यक्ष चुमा पौडेल, उपाध्यक्षमा रुपा पाण्डे लगायत अन्य ९ जना सदस्यहरु निर्वाचित गरेको छ।

आज सम्पन्न साधारण सभा कार्यक्रमको सञ्चालन कविता नेपालीले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्