अर्घाखाँचीको छत्रदेव– ६ मा लालपूर्जा वितरण सुरु, कसरी लिने ?

| २०७९ फागुन २ गते १९: २९ मा प्रकाशित

कमला घिमिरे। अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ ठूलापोखरामा जग्गाधनी दर्ता प्रमाणपत्र वितरण प्रारम्भ गरिएको छ ।  विशेष नापी कार्यालय अर्घाखाँचीबाट खटिएको ३ नं. टोलीले नापनक्सा तयार गरे अनुसार सोमबारदेखि ठूलापोखरामा जग्गाधनी दर्ता प्रमाणपत्र वितरण प्रारम्भ गरिएको हो  । 

विशेष नापी कार्यालय अर्घाखाँचीको तथ्यांक अनुसार यस वडामा जिल्लाकै सबैभन्दा धेरै (करिब ८२५ भन्दा माथी) जग्गाधनिहरुको जग्गा दर्ता प्रक्रिया सम्पन्न भएको छ । सोबारदेखि प्रारम्भ भएको लालपुर्जा वितरण कार्य यस वडामा यसअघि नै सुचना सार्वजनिक गरिए बमोजिम औपचारिक रुपमा आगामी ३ गते सम्म सन्चालनमा रहने वडाध्यक्ष कमल पौडेलले जानकारी दिए । 

नापनक्सा सम्पन्न भई दर्ता प्रक्रिया समेत पूरा गरेका यस वडा भित्रका जग्गाधनिहरुले आफ्नो स्वामित्वको जग्गाको लालपुर्जा ग्रहण गर्न ३ गते भित्र वडा कार्यालयमा सम्पर्क सक्नेछन् । 
विगतको द्वन्द्वको समयमा जलेर नष्ट भएका लाल पुर्जाहरुको कारण नागरिकले वर्षैदेखि दुःख पाउनु परेको वडाध्यक्ष पौडेलले बताए । उनले भोलिका दिनमा नागरिकहरुले सुविधा पाउने र खास गरि बैंकमा आफ्नो जग्गा धितोमा राखेर पनि कर्जा समेत सुविधा लिन सक्ने बताए । 

जग्गाधनी लालपूर्जा पाउन के गर्ने ? 

१. नापनक्सा सम्पन्न भइ दर्ता प्रक्रिया पूरा गरेका जग्गाधनिहरुले स्वयं जग्गाधनिकै उपस्थितिमा लालपुर्जा प्राप्त गर्न सकिनेछ, यदि जग्गा दर्ताको क्रममा जग्गाधनी स्वयं उपस्थित भइ दर्ता गरेको र हाल जग्गाधनी उपलब्ध नभएको खण्डमा निजको प्रतिनिधि मार्फत लालपुर्जा ग्रहण गर्न सकिनेछ अन्यथा जग्गाधनिको स्वयंको उपस्थिति अनिवार्य रहेको छ ।

२. तोकिएको मिति २०७९ साल फाल्गुण ३ गते भित्र जग्गाधनिहरुले आफ्नो लालपुर्जा ग्रहण गर्न असमर्थ भएको खण्डमा निजले त्यस पश्चात विशेष नापी कार्यालय अर्घाखाँचीमा १२० दिन भित्र पुगि आफ्नो लालपुर्जा ग्रहण गर्न सक्नेछन् । 
३. नापनक्सा छुटेका जग्गाधनिहरुले अबका दिनमा विशेष नापी कार्यालय अर्घाखाँचीको समन्वयमा आफ्नो नामको जग्गा नापजाँच गराउन सक्नेछन् र यो काम पनि १२० दिन भित्रैमा गर्नुपर्नेछ अन्यथा विशेष नापीबाट समेत यस वडाका सम्पुर्ण नापनक्सा र श्रेष्ता नापी कार्यालय र मालपोत कार्यालयमा हस्तान्तरण हुनेछन् । 
४. पुराना लालपुर्जा जले, हराएको वा नभेटिएको कारण नापनक्सा छुटेको र दर्ता हुन नसकेको भनी प्राप्त यस वडाका १८ वटा जति जग्गाधनीहरुका निवेदन उपर विशेष नापी कार्यालयले यथासक्य नियमानुसार निर्णय गर्नेछ ।

थप आवश्यक जानकारीका निम्ति वडा कार्यालय मार्फत समन्वय गर्नु वडाध्यक्ष पौडेलले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्