गुल्मीमा पछिल्लो २४ घण्टामा थप ४ जनामा काेराेना संक्रमण पुष्टि

| २०७८ असार २६ गते १८: २५ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी। गुल्मीमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पिसिआर परिक्षण गर्दा ४ जना मा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ

। जिल्लाकाे मुुसिकाेट नगरपालिकामा एक जना,रुरुक्षेत्र गाउँपालिकामा एक जना,कालीगण्डकी गाउँपालिकामा एक जना,इस्मा गाउँपालिकामा एक जना गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ५३२ पुगेको छ।

गुल्मीमा दोस्रो काेराेना लहरका कारण गुल्मीमा ९१ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्