२४ घण्टामा २३९८ कोरोना संक्रमित थपिए

| २०७८ असार २९ गते १७: १७ मा प्रकाशित

पछिल्लाे २४ घण्टामा देशभर थप २३९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ जनामा परीक्षण गर्दा २३९८ जनामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा १२ जनाको मृत्यु भएको छ भने २ हजार ७८ जना संक्रमणमुक्त बनेका छन् । 

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ६ लाख ५८ हजार ७७८ जना (पीसीआर परीक्षणमा) पुगेको छ भने एन्टिजेन परीक्षणमा ४५ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै हालसम्म ६ लाख २३ हजार १०५ जना संक्रमणमुक्त हुँदा मृतकको कुल संख्या ९ हजार ४१२ पुगेको छ।  

प्रतिक्रिया दिनुहोस्