गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३० जनामा काेराेना संक्रमण पुष्टि

| २०७८ सावन १७ गते १८: २२ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी। गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पिसिआर परिक्षण गर्दा ३० जना  काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। जिल्लाकाे गुल्मीदरबार गाउँपालिकामा १५ जना, छत्रकोट गाउँपालिकामा छ जना, रेसुङ्गा नगरपालिकामा चार जना, रुरुक्षेत्र गाउँपालिकामा दुई जना,सत्यवती गाउँपालिकामा एक जना, चन्द्रकोट गाउँपालिकामा दुई जना गरि ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ३८८ पुगेको छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ७९ जना काेराेना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल चार हजार चार सय ९३ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

गुल्मीमा दोस्रो काेराेना लहरका कारण गुल्मीमा ९२ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्