गुल्मीमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा काेराेना संक्रमण पुष्टि: थप एक जनाकाे मृ'त्यु

| २०७८ सावन २३ गते १८: ५७ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी। गुल्मीमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पिसिआर परिक्षण गर्दा ६ जना र एन्टिजेन परिक्षण गर्दा ८८ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। जिल्लाकाे रेसुङा नगरपालिकामा ३७ जना, धुर्कोट गाउँपालिकामा १३ जना, रुरुक्षेत्र गाउँपालिकामा दस जना, छत्रकाेट गाउँपालिकामा २५ जना, गुल्मीदरबार गाउँपालिकामा दुई जना, इस्मा गाउँपालिकामा चार जना, सत्यवती गाउँपालिकामा दुई जना,मदाने गाउँपालिकामा एक जना गरि ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ४७९ पुगेको छ।

तस्तै,पछिल्लो २४ घण्टामा थप  एक जनाकाे मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाकाे छत्रकोट गाउँपालिका कि ५३ वर्षिय महिलाकाे मृत्यु भएको हाे।याे सगै गुल्मीमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे सख्या ९३ पुगेकाे छ।

अहिले सम्म कुल चार हजार तीन सय ८१ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्