गुल्मीमा पछिल्लो २४ घण्टामा थप ४७ जनामा काेराेना संक्रमण पुष्टि: ६६ जना काेराेना संक्रमण मुक्त

| २०७८ सावन २८ गते १८: ०२ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी। गुल्मीमा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पिसिआर परिक्षण गर्दा ११ जना र एन्टिजेन परिक्षण गर्दा ३६ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।

सत्यवती गाउँपालिकामा १५ जना,इस्मा गाउँपालिकामा ११ जना,छत्रकोट गाउँपालिकामा दस जना,रुरुक्षेत्र गाउँपालिकामा तिन जना, गुल्मीदरबार गाउँपालिकामा दुई जना,धुर्कोट गाउँपालिकामा दुई  जना,मदाने गाउँपालिकामा एक जना, चन्द्रकाेट गाउँपालिकामा दुई जना, रेसुङ्गा नगरपालिकामा एक जना गरी ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ६०३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६६ जना काेराेना संक्रमण  मुक्त भएका छन्।अहिले सम्म कुल चार हजार पाँच सय २७ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

गुल्मीमा दोस्रो काेराेना लहरका कारण गुल्मीमा ९४ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्