कार्तिक २२। सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । शनिबार बेलुका दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । जीपमा सवार अन्य ५ जना सकुशल रहेको वलीले बताए ।
दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ का ३५ वर्षीय जीप चालक भीमबहादुर वली, १७ वर्षीय भीमराज बुढा र ६५ वर्षीय गजबहादुर बुढा रहेको वलीले जानकारी दिए ।
मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्भान भइरहेको प्रहरीले जनाएको छ ।श्रोत - रातो पाटि
तपाईको प्रतिक्रिया