Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीलाई कोरोना पोजेटिभ

   
318   पटक पढिएको

काठमाण्डौ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ । केही दिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।

उहाँको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको केसीकी छोरी तथा अखिल नेपाल महिला संघका कोषाध्यक्ष रितु केसीले जानकारी दिनुभयो ।

केसी करिब एक महिनादेखि भैरहवामा हुनुहुन्थ्यो । त्यही क्रममा रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उहाँको पीसीआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो ।

मंगलबार बुटवलबाट काठमाडौं आउनुभएका केसीलाई त्यहिदिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । केसीको अवस्था अहिले सुधार हुँदै गएको जानकारी आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया