Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

तितोपाटी डटकमको कार्यकारी सम्पादकमा थापा सर्वसहमत चयन

   
180   पटक पढिएको

खुम रायामाझी,कुवेत।कुवेतबाट प्रकाशित हुदै आएको अनलाइन खबर तितोपाटी तथा कोसेली न्युजको कार्यकारी सम्पादकमा पत्रकार बसन्त थापा सर्वसहमत चयन भएका छन।

हिजो मंगलवार भर्चुअलद्वारा सम्पन्न तितोपाटी मिडियाको सम्पादक मण्डलको बैठकले थापालाई कार्यकारी सम्पादकको जिम्मेवारी दिएको हो ।

बिगत चार वर्ष अधिदेखी पत्रकारीतामा सक्रिय एवम् नेपाल पत्रकार महासंघ कुवेत शाखाका सदस्य समेत रहेका थापा कुवेत आउनुपुर्व नेपालदेखीनै विभिन्न मिडियाहरुमा कलम चलाउदै आएका थिए।

नेपालमा अर्घाखाँची घर भई झण्डै एकदशक देखी कुवेतलाई कर्मभूमी बनाएका थापा विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहँदै आएका छन साथै परोपकारी पत्रकारितामा समेत सक्रिय रहेका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया