Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पब्लिक स्पिकर २०२० को उपाधी अर्घाखाँचीबुलेटिन डट्कमका रिपोर्टर राम प्रसाद घिमिरेलाई

   
281   पटक पढिएको

बुटवल। बुटवल जेसिजद्वारा आयोजित पब्लिक स्पिकर बुटवल २०२० को अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाडा नम्बर -८ आपखोलाका उपाधी राम प्रसाद घिमिरेले हात पारेका छ्न,भने फस्ट रनर अप प्रतिज्ञा गौतम भएकी छ्न सोही अबसरमा विभिन्न बिधामा समेत सम्मान गरिएको छ।

रामप्रसाद घिमिरे अर्घाखाँचीबुलेटिन डट्कमका रिपोर्टर पनि हुन्। सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत सात दिन अगाडि बाट सुरु भएको जेसिआइ बुटवल एकेडेमी तथा पब्लिक स्पिकर बुटवल २०२० बुटवल उप महानगरपालिकाका प्रमुख शिवराज सुबेदिको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

बुटवल जेसिज बर्ष २०२० का अध्यक्ष जेसि राजिव गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औपचारिक कार्यक्रमको सन्चालन महासचिव हरिबिक्रम कुवरले गर्नु भएको थियो भने पब्लिक स्पिकर फाइनल राउन्डको सन्चालन जेसिआइ बुटवल एकेडेमी निर्देशक जेसि आबिश्कार खनालले गर्नु भएको थियो सो कार्यक्रममा प्रमुख अतिथि शिवराज सुबेदिले बिधिको शासन अबलम्बन गर्ने जेसिजको परिपाटीलाई सबैले अनुसरण गर्न सके हरेक क्षेत्रमा सकारात्मक नतिजा हात पार्न सहज हुने बताउनुभयो ।

कोरोना कहरको बिचमा पनि बुटवल जेसिजले विभिन्न क्षेत्रका बिद्यार्थीलाई समेटेर एकेडेमी संचालन गर्न सफल भएकोमा धन्यवाद व्यक्त गर्नु भयो। एक साताको अबधिमा विभिन्न चरणमा ०५ दिन सम्म अनलाइन र ०२ दिन भौतिक रुपमा गरिएको तालिममा नेतृत्वकला, जीवन उपयोगी सीप , वाककला लगायतका विभिन्न बिषयमा जेसिआइ नेपालका रास्ट्रिय प्रशिक्षक रमेश अर्यालले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो भने अध्यक्ष जेसि राजिव गौतम लगायत बुटवल जेसिजका पुर्ब अध्यक्षहरुले विभिन्न बिधामा प्रशिक्षण दिनुभएको थियो ।

सो कार्यक्रममा नेपाल जेसिजका कानुनी सल्लाहकार राजेन्द्र घिमिरे , बुटवल जेसिजका पुर्ब अध्यक्षहरु छिमेकी विभिन्न शाखाका अध्यक्षहरु लगायत जेसिज पदाधिकारीहरुको सहभागीता रहेको पब्लिक स्पिकर संयोजक चन्द्रकान्त डुम्रेले बताउनु भयो ।साभार - श्री नगरअनलाइन मिडिया

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया