Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लुम्बिनी प्रदेश का मुख्यमन्त्री लाइ तिहारको शुभकामना दिन हतार

   
207   पटक पढिएको

बुटवल । माननीय मुख्यमन्त्री शंकर पोखरेलले तिहार पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश
तिहार पर्वको अवसरमा स्वदेश तथाविदेशमा रहनु भएका समस्त नेपालीदिदीबहिनीतथादाजुभाइहरुमा सुख, शान्ति, समृद्धि,सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमयशुभकामनाव्यक्तगर्दछु ।

नेपाली समाजमा चाडपर्वले पारिवारिक मिलन र सामाजिक सद्भावकालागि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । भातृत्व र मेलमिलाप बढाउँदै समाजलाई एकताको सुत्रमाबाँधेर गतिशिलबनाउनु हाम्रा चाडपर्वकाविशेषताहुन् ।

तिहार पर्व नेपाली समाजको मौलिकपर्व हो । यसले पारिवारिक स्नेह, प्रेम र भातृत्व बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तिहार पर्वको मौलिकपक्षलाई ध्यानदिदैं अघि बढ्न सक्दा यो पर्वको सांस्कृतिकमहत्वअझै स्थापितहुनेछ । समाजमा बढ्दो उपभोक्तावादीप्रवृति र चिन्तनले चाडपर्वको मौलिकपक्ष हराउँदै जानथालेका छन् । तिहारको मौलिकताजोगाउँदै अघि बढ्दा नयाँ पुस्तालाई अमू्ल्य उपहार हुनेछ । परिवारिक मिलन र सामाजिक सद्भाव बढाउने पर्वहरु अहिले बोझिला र विकृतिबाट मुक्तगर्दै मनाऔं । बढ्दो तडकभडक र विकृतिपूर्ण क्रियाकलाप रोक्न राज्यलाई सहयोग गरौं । सामाजिकमूल्यमान्यतालाई जोगाउँदै मौलिक ढंगले चाडपर्व मनाऔं ।

संघीयताको व्यवहारिक कार्यान्वयनगर्दै यतिखेर हामी संविधानको सफलकार्यान्वयनको दिशामा अग्रसर छौं । सिंगो प्रदेशले अपनत्वमहशुस गर्ने गरी प्रदेशको नाम र राजधानी टुंगो लगाइएको छ । संघीयताको मर्म र भावनाअनुसार नाम र राजधानीको टुंगो लगाएर प्रदेशको साझामनोविज्ञान तयार भएको छ । संघीय शासन प्रणालीको मर्म र भावनाअनुसार अघि बढ्दै गर्दा फराकिलो यात्राको ढोकाखोलिएको छ । हामीप्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमापुग्नप्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसकालागिहामीले समृद्ध प्रदेश खुसीजनताको लक्ष्य अघि सारेका छौं । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिकदल, समुदाय,संघ संस्था र आमनागरिकमाहार्दिक अपीलगर्दछु ।

कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन साधनश्रोत र जनशक्तिलाई अधिकतम रुपमा परिचालनगर्दै तहगत सरकारहरुले कामगरिरहेका छन् । कोरोना संक्रमितलगायत सबै खालका बिरामीको उपचार सहजबनाउन स्वास्थ्यपूर्वाधार विकासलाई प्राथमिकतादिदै अघि बढेका छांै । कोरोना विरुद्धको संघर्षलाई परिणाममुखी बनाउननागरिककको सार्थक सहयोगको आवश्यकता छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालनागर्दै तिहार पर्वलाई मनाऔं, कोरोनाबाट आफूँजोगिऔं, अरुलाई पनिजोगाऔं ।

अन्त्यमा, तिहार पर्वको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमलयशुभकामना ।
मिति २०७७ मंसिर १
शंकर पोखरेल
मुख्यमन्त्री

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया