Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँची जिल्लाका बिधालयहरु स्वास्थ्य मापदण्डको पालना गरि आइतवार देखि संचालनमा आउने भएका छन्

   
456   पटक पढिएको

सन्धिखर्क ,मङ्सिर ५।
अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाका बिधालयहरु स्वास्थ्य मापदण्डको पालना गरि संचालनमा आउने भएका छन्!

जनज्योति उच्च माध्यमिक बिद्यालयले सार्वजनिक गरेको सुचना जस्ताको तस्तै

यस विद्यालयद्वारा विगत केही समय अघिदेखि अनलाइन कक्षा संचालन हुँदै आइरहेकोमा यहि मिति २०७७/०८/०७ गते आइतबारदेखि पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गरि विद्यालयमै प्रत्यक्षरुपमा कक्षा संचालन गरिने कुरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
कक्षा:-८,१० र ११(आइतबार,सोमबार,मंगलबार)
कक्षा:- ६,७,९ र १२(बुधबार, बिहीबार,शुक्रवार )
समय:- बिहान ११ बजेदेखि
नोट:- प्रत्येक विद्यार्थीले अनिवार्य रुपमा मास्कको प्रयोग गरि आउनुपर्नेछ ।

अर्घाखाँची आवासीय माध्यमिक विद्यालयले सार्वजनिक गरेको सुचना जस्ताको तस्तै

अर्घाखाँची आवासीय माध्यमिक विद्यालयका पुर्व प्राथमिक तह (Nursery, L.K.G. र U.K.G.) का विद्यार्थीहरुलाई यही २०७७ मंसिर ७ गते आईतबार देखि स्वस्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै प्रत्यक्ष रुपमा विद्यालयमै उपस्थित गराई सिकाई सहजिकरण गर्ने योजना रहेकोले सम्बन्धित अभिभावकज्युहरुलाई दिनको ११:०० बजे देखि १:०० बजे सम्म संचालन हुने कक्षाहरुमा आ-आफ्ना नानी-बाबुहरुलाई सुरक्षित रुपमा मास्क लगाएर उपस्थित गराईदिनुहुन सादर अनुरोध छ । घरबाट विद्यालय ल्याउने र विद्यालयबाट घर लैजाने क्रममा सम्बन्धित अभिभावकज्युहरुले सामाजिक दुरी कायम गर्दै आवस्यक सुरक्षाको प्रवन्ध गर्नुहुन अनुरोध छ भने विद्यालयहाता भित्र विद्यालयले नै आवस्यक सुरक्षाका प्रवन्ध गर्ने जानकारी गराउँदछौं । साथै नानी-बाबुहरुलाई विद्यालयमा खाजा लगायतका कुनै पनि खाद्य पदार्थ उपलब्ध नगराउनुहुन समेत अनुरोध छ ।

पुनश्च: कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका Online कक्षाहरु यथावत रुपमा संचालन हुने, आवस्यकता र कोरोना महामारीको अवस्थाको आधारमा प्रत्यक्ष कक्षाकोलागि थप सुचना प्रवाह गरिने तथा Nursery देखि कक्षा १० सम्म नै पुर्व सुचना बमोजिम यही मंसिर १८ गते देखि Mid Term Exam संचालन हुने ब्यहोरा समेत जानकारी गराईन्छ ।

सन्धिखर्क ग्रीन बोर्डिंगले सार्वजनिक गरेको सुचना जस्ताको तस्तै

मिति: २०७७/०८/०५
कक्षा संचालन हुने सम्बन्धि अत्यन्यै जरुरी सुचना ।
आदरणीय अभिभावकज्युहरु नमस्कार ,
काेभिड १९ का कारण प्रभावित भएकाे विधालयकाे पठनपाठन क्रिया स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई पुन निम्न अनुसार विधालयमै संचालन हुने व्यहाेरा सम्बन्धित सबैमा जानकारीकाे लागि अनुराेध छ ।
(लागू हुने दिन )
- कक्षा नर्सरी देखि कक्षा ३ सम्म मंसिर ७ गते आईतबार देखी ।
- कक्षा ४ देखि कक्षा ७ सम्म मंसिर ८ गते साेमबार देखी ।
- कक्षा ८ देखि कक्षा १० सम्म मंसिर ९ गते मंगलबार देखी ।
( पढाइ हुने अबधी)
१. कक्षा नर्सरी देखि एल.के.जी सम्म बिहान १० बजे देखि १२:०० बजेसम्म ।
२. कक्षा यू. के.जीकाे १२:१५ बजे देखि २:१५ बजेसम्म ।
३. कक्षा १ काे : १०:३० बजे देखि १२:३० बजेसम्म ।
४. कक्षा २ काे : १०:३० बजे देखि १:०० बजेसम्म ।
५. कक्षा ३ काे : १२:०० बजे देखि २:३० बजेसम्म ।
६. कक्षा ४ र ५ काे बिहान ८ बजे देखि १०:३० बजेसम्म ।
७. कक्षा ६ र ७ काे बिहान ८ बजे देखि ११:३० बजेसम्म ।
८. कक्षा ८ देखि १० सम्म दिउँसाे १:३० बजे देखि साँझ ५:०० बजेसम्म ।

पुनश्च :
- विधालयकाे प्रथम मुल्याङ्कन परीक्षा मंसिर २३ गतेबाट संचालन हुनेछ ।
- अभिभावक तथा विधार्थीहरुले स्वास्थ्य सुरक्षाका उपायहरु सबै अबलम्न गर्नुपर्ने छ । साथै विधार्थी जमघटलाई न्युनिकरण गर्नका लागि विधालयमा कुनैपनि सिफ्टमा खाजा नास्ताकाे समय छुट्याईएकाे छैन ।
- यस अघि संचालित अनलाईन कक्षाहरु आवश्यकता अनुसार पुन संचालन हुने छन् ।
- बस द्वारा आउने सबै क्षेत्रका विधार्थीहरुलाई साेहि स्थानमा शिक्षककाे व्यबस्थापन गरिने छ ।
प्रिन्सिपल तथा विधालय परिवार
थप जानकारिका लागि ०७७४२०५८६

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया