Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अर्घाखाँची काे ९ औँ बार्षिक साधारण सभा सम्पन्न

   
149   पटक पढिएको

हिम लेकाली ,सन्धिखर्क।
मंसिर ५ ,अर्घाखाँचीबुलेटिन - त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लि मिटेड सन्धिखर्क अर्घाखाँचीले आज भर्चुअल विधि बाट संस्था काे ९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ ।

।संस्थाकाे स्थापना दिवस काे अवसर पारेर संस्थाले साधारणसभा काे आयाेजना गरेकाे हाे ।सभा उद्घाटन र बन्द शत्र गरि दुई चरणमा सम्पन्न भएकाे थियाे ।
साधारण सभाकाे उद्घघाटन संस्थाका अध्यक्ष उत्तममणि मिश्रले ब्यानर बाचन गरेर गर्नु भएकाे थियाे ।

उहाले अध्यक्ष काे तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकाे उन्नति र प्रगतिकाे लागि पुर्यायकाे याेगदानकाे उच्च मुल्याङ्कन गर्दै सहयाेगी सबै प्रति आभार तथा कृतज्ञता ब्यक्त गर्नु भयकाे थियाे । कार्यक्रम मा पत्रकार महासंघ अध्यक्ष हिम लेकालीले साधारणसभा सफलताकाे शुभकामना ब्यक्त गर्नु भएकाे थियाे ।
संस्था का सचिव कमल प्रसाद घिमिरेकाे सन्चालन र उपाध्यक्ष यमकला बन्जाडेकाे स्वागत मा सम्पन्न कार्यक्रम मा ब्यवस्थापक तुल्सिराम खनाल ले प्रगति प्रतिवेदन प्रस्तुत र लेखा समितिका संयाेजक शिव बेल्बासे लेखा समितिकाे प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।

हाल संस्थाकाे कार्य क्षेत्र सन्धिखर्क नगरपालिका वडा नं. १ ,२,३ र ७,८,९,१० रहेकाे छ । संस्था काे कुल शेयर सदस्य संख्या ७७५ रहेकाे छ ,भने संस्थाले काेभिड १९ काे कारण बाट ऋणि सदस्य मा पर्न गएकाे असरलाई मध्यनजर राख्दै चैत्र देखि असार सम्मकाे १० प्रतिशत ब्याज छुट र बिलम्व शुल्क मिना गरेकाे थियाे । यसै गरि संस्थाले जाेखिममा रहेर काम गर्ने कर्मचारीहरूकाे काेभिड बिमा समेत गरेकाे छ । संस्था ले याे महामारिमा सहयाेग थप्ने हेतुले सन्धिखर्क नगरपालिकाकाे काेराेना काेषमा रू. एक्काईस हजार रकम जम्मा गरेकाे थियाे ।

संस्था ले गत बर्ष see परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने शेयर धनी सदस्य का सन्ततिहरू लाई पुरस्कार सहित सम्मान गरेकाे छ ।सम्मानित हुने हरूमा सामुदायिक विद्यालयका ,ढाकाबाङ्का माधव खनाल ,सनपा २ कि अनिता सापकाेटा र संस्थागत विद्यालयका भुमिकास्थान ३ कि मुना पाैडेल रहेका छन् ।संस्थाकाे बन्द शत्रले कृषि क्षेत्रमा काम गर्ने कृषकहरू लाई विशेष ऋण उपलब्ध गराउने समेत निर्णय गरेकाे छ ।

हाल सम्म संस्थाकाे पूजी १२कराेड १५ लाख ३१ हजार ६९० पुगेकाे छ भने ८ कराेड ४६ लाख २२ हजार १७८ ऋण लगानी गरेकाे छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया