Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का र प्रदेश सांसद चेतनारायण आचार्य सहितको टोलि द्वारा विभिन्न विकास योजनाहरुको अनुगमन (तस्विर सहित )

   
260   पटक पढिएको

सन्धिखर्क।
मङ्सिर ५ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाका संघीय सांसद: राष्ट्रिय सभा सदस्य माननीय चन्द्रबहादुर खड्का,प्रदेश सांसद माननीय चेतनारायण आचार्य,पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य द्वय नरेन्द्रकुमार क्षेत्री र तोजबहादुर रायमाझी सहितको टोलीद्वारा मालारानी गाउँपालिका अन्तरगत केन्द्र प्रदेश र गाउँपालिकाद्वारा संचालित विभिन्न विकास योजनाहरूको अनुगमन गर्नुभएको छ।

अनुगमन गर्ने क्रममा,खनदह बजारमा निर्मित पिचबाटो र पार्क,रिडि सुर्खेत सडक अन्तर्गत मालारानी क्षेत्रको ग्रावेलबाटो,६ नं वडाको गोपिचौरमा निर्मित जनता आवास कार्यक्रमका घरहरू, रतनमारेमा निर्माणाधीन चिस्यान घर(कोल्ड स्टोर),सन्धिखर्क-हिले-देउराली-बजेरी-गुफा-खनदह बाटो अन्तर्गत निर्माणाधीन मालारानी-५ बाँगी खण्डको सडक, शान्ति मावि बाँगीको अवस्था, मालारानी-५ बाँगीमा निर्माणाधीन १००टन क्षमताको चिस्यान घर,सिख्रेमा अवस्थित मंगुर फर्म र सयघाट बाँगीमा निर्माणाधीन पक्की मोटारेवल पुलको भए गरेका कामको अनुगमन,निरीक्षण,र आवस्यक निर्देशन दिनुका साथै प्राप्त गुनासा र सुझावहरूको समाधानको प्रतिबद्धता ब्यक्त भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया