file photo
सन्धिखर्क।
मङ्सिर ६ ,अर्घाखाँचीबुलेटिन - सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा अभियान (safe journey campaing) अन्तर्गत आज मिति २०७७।०८।०६ गते ट्राफिक कार्यालयल तथा मातहत समेत बाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले जिल्लाको बिभिन्न स्थानहरुमा सवारी साधन चेकजाँचमा तिब्रता बढाएको छ।
सवारी साधनहरुछेकजाँच गर्ने क्रममा बिभिन्न सवारी साधनका चालक ,सह-चालक र सवार यात्रुहरुलाई समेत सडकमै जम्मा गरी दुर्घटना न्युनिकरण, सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु,सवारी साधनमा यात्रा गर्दा वा सडक प्रयोग गर्दा अपनाउनु पर्ने को विषमा ट्राफिक चेकिङ टोलिले प्रशिक्षण दिएको थियो।
,हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ सम्बन्धि सर्बसाधरण हरु १ पटकमा २० जना र चालक सहचालक १ पटकमा २५ जना गरी जम्मा २ पटकमा ४५ जनालाई सडकमै जम्मा गरी प्रशिक्षण दिई बिभिन्न सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण गरीएको छ।
तपाईको प्रतिक्रिया