Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक स्थल ऎतिहासिक अर्घा दरवार (भगवती मन्दिर)मा ऎतिहासिक मुर्ति निर्माण हुने

   
343   पटक पढिएको

एसपी भुसाल ,अर्घाखाँची।
मङ्सिर ७ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको को सन्धिखर्क नगरपालिका वडा नम्बर ९ मा रहेको धार्मिक तथा ऎतिहासिक अर्घा दरवार (भगवती मन्दिर)का लागि ऎतिहासिक मुर्ति निर्माण गर्ने बिषयको छलफल अगाडी बढेको छ।

जिल्लाकै एक प्रसिद्ध धार्मिक तथा पवित्रस्थल स्थल अर्घा भगवती मन्दिरमा ऎतिहासिक मुर्ति निर्माण गरि धार्मिक क्षेत्र को व्यापक प्रचारप्रसार गर्ने उदेश्य अनुसार मुर्ति निर्माण का लागि आज काठमाडौं मा छलफलका लागि पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा,सन्धिखर्क नपा वार्ड नम्बर ९ का अध्यक्ष देब बहादुर रायमाझी अर्घा भगवती मन्दिर ब्यबस्थापन समिति का अध्यक्ष सरोज भुसाल प्राबिधिक हरि बोहोरा ,नारायण पोख्रेल, युवा व्यवसायी उदय भट्टराई लगाएतको टिमको सहभागी रहेको थियो।

येद्वापी मुर्ति के कस्तो निर्माण गर्ने भन्ने बिषयमा अझै छलफल चलिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले जानकारी दिनु भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया