Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मालारानी गाउँपालिकामा सेवाग्राही सन्तुष्टि फारम संकलन र प्रतिवेदन पेश

   
135   पटक पढिएको

महेश भुसाल, मालारानी।
मङ्सिर ८ ,अर्घाखाँचीबुलेटिन - मालारानी गाउँपालिकाबाट प्रवाह भएका सेवाहरु जनमैत्री छन् कि छैनन् ? सेवा प्रवाहमा के के कठिनाइहरु रहेका छन् ? भनेर सेवाग्राही र सर्वसाधारणहरुसँग गरिएको सर्वेक्षण को प्रतिवेदन समितिका संयोजक आलेप सहायक तेजलाल पन्थीले आज एक कार्यक्रमका बिच प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती समक्ष पेश गर्नुभएको छ ।

सेवाग्राही सन्तुष्टि फारमको माध्यमबाट संकलन गरिएको सर्वेक्षणलाई प्रतिवेदन बनाइ पेश गर्न पालिकाले आलेप सहायक तेजलाल पन्थीको संयोजकमा तिन सदस्यीय समिति गठन गरेको थियो । प्राविधिक सहायक सरिता पन्थी र पशु शाखा प्रमुख लक्ष्मण वि.क. सदस्य रहेको सो समितिले १ हप्तामा प्रतिवेदन तयार पारी सोमबार पेश गरेको हो ।

सो प्रतिवेदनमा पालिकाका विषयगत शाखाहरु, वडा कार्यालयहरु र पालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा आउने सेवाग्राहीहरुले सहभागिता जनाएका थिए । सो सम्बन्धमा सेवा ग्राहीले सेवा प्रदायक वा कार्यालयबाट प्रवाहा भएका सेवाहरुका बारेमा स्वतन्त्र रुपमा आफ्ना प्रतिकृयाहरु जनाएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया