तेजेन्द्र शमशेर पाण्डे ,सन्धिखर्क।
मङ्सिर ८ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर :- ३ का वडा अध्यक्ष शोभाखर खनाल अशक्त ब्यक्तिलाइ नागरिकता दिन फाइल बोकेर जिल्ला प्रशासन कार्यालय पुग्नुभएको छ।
मालारानी ३ खनदह जन्म घर भई हाल बुटवलमा बसोबास गर्दै आउनुभएकी " क " बर्गकी अशक्त महिला अन्जु पोख्रेल मालारानी पुग्ने अवस्थामा नभएपछि नागरिता बनाउँन आवश्यक पर्ने सम्पूर्ण कागज पत्रहरु सन्धिखर्क ल्याई वडा अध्यक्ष शोभाखर खनालले जिल्ला प्रशासन कार्यालयलाइ नागरिता बनाउँनमा सिफारिश गर्नु भएको छ।
वडा अध्यक्ष शोभाखर खनालको यस प्रसम्सनिय कार्य प्रति अन्जु पोख्रेलले खुलेरै प्रशंसा गर्नुभएको छ।
तपाईको प्रतिक्रिया