सन्धिखर्क।
मङ्सिर १० ,अर्घाखाँचीबुलेटिन - सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा अभियान (safe journey campaing) अन्तर्गत आज मिति २०७७।०८।१० गते अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडा बाट जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वार्ड ५ जुकेना स्थित ग्रामिण भेगमा खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले जिल्लाको बिभिन्न स्थानहरुमा सवारी साधन चेकजाँचमा तिब्रता बढाएको छ।
सवारी साधनहरु चेककजाँच गर्ने क्रममा श्री सुदा माध्यामिक बिध्यालयमा अध्यनरत ३० जना छात्र छात्रा हरुलाई बिध्यालय जाँदाको समयमा सडकमै जम्मा गरी गरी दुर्घटना न्युनिकरण, सवारी साधनमा यात्रा गर्दा वा सडक प्रयोग गर्दा अपनाउनु पर्ने विषमा ट्राफिक चेकिङ टोलिले प्रशिक्षण दिएको थियो।
,हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड- १९ सम्बन्धि प्रशिक्षण दिई बिभिन्न सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण समेत गरीएको थियो।
तपाईको प्रतिक्रिया