Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीमा एकैदिन १७ जनाले कोरोना संक्रमणलाई जिते, अब १२ जना आईसोलेशनमा(सम्पूर्ण विवरण सहित )

   
271   पटक पढिएको

श्याम घिमिरे,सन्धिखर्क।
मंसीर १०,अर्घाखाँचीबुलेटिन –अर्घाखाँचीमा एकैदिन १७ जना कोरोना संक्रमीत निको भएर डिस्चार्ज भएका छन ।

बुधबार जिल्लाको सन्धिखर्क नगरपालीकाबाट १७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । कुल ६३१ संक्रमितमध्ये हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६१० पुगेको छ ।

अहिले जिल्लाको सन्धिखर्क नगरपालीकामा ९ जना र शितगंगा नगरपालीकामा ३ जना गरी जम्मा १२ जना मात्रै सक्रिय संक्रमितहरु आईसोलेशनमा रहेका छन भने जिल्लाका अन्य ४ पालीकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित ९ जनाको ज्यान गईसकेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया