झनक केसी ,अर्घाखाँची।
मङ्सिर १० ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं २ घर भई सन्धिखर्क नगरपालिका वडा नं १ मेनराेडमा ईलेक्ट्रिक व्यवसाय गर्दै आएका ३६ बर्षिय मृतक प्रेम विसिको आज आठौँ दिनको पुण्य तिथिको शोक सभा सम्पन्न भएको छ।
आठौँ दिनको शोक सभामा सितगंगा नगरपालिकाका प्रमुख सुर्य कुमार अधिकारी ,साथमा सरस्वती माबिका भुतपुर्व प्रअ कार्यपालिका सदस्य राम बहादुर दर्नाल , इमान सिंह समाल,माधब खडका लगायतका ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।
नगर प्रमुख सुर्यकुमार अधिकारिले शोकको यस दु:खद घडीमा मृतक प्रेम बिसिको मृतात्माको चिर शान्तिको कामना गर्दै शोक शन्तप्त परिवारजान ,नातागोता ,इष्टमित्र तथा साथीभाई सबैमा गहिरो समवेदना प्रकट गर्दै शोकलाइ शक्तिमा बदल्ने साहस मिलोस भनि स्व. प्रेम बिसी प्रति भावपूर्ण श्रद्वान्जली अर्पण गर्नु भएको थियो।
तपाईको प्रतिक्रिया