Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची द्वारा भु. न.पा.का स्व.सागर र राम बहादुरको परिवार प्रती समवेदना प्रकट

   
350   पटक पढिएको

प्रेम नारायण गैरे ,भुमिकाथान।
मङ्सिर १०,अर्घाखाँचीबुलेटिन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) अर्घाखाँची ले यही कार्तिक ३० गते २८ बर्षको अल्पआयुमै असामयिक र अकल्पनीय दु:खद निधन भएका भुनपा ६का युबा सागर आचार्य र मंसिर १ गते ३५ बर्षको अल्पाआयुमै असामयिक र अकल्पनीय दु:खद निधन भएका भुनपा ७ का युबा राम बहादुर वलिको निवासमा पुगेर दिवङगत प्रती श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीको तर्फबाट पार्टी सचिब ठाकुर कुमार बिक, पार्टी नेताहरु छमकुमारी खनाल,रामबहादुर चौहान,प्रेम नारायण गैरे,सरोज भुसाल,रामचन्द्र पोख्रेल,भबिस्वर पाण्डे,ठाकुर सौराग,रेशम थापा,देब बहादुर खड्का,राजकुमार श्रेष्ठ,ताराबहादुर मल्ल,झुपलाल खनाल,किसन केसी,रिशिराम खनाल,गोपाल बेल्बासे,ठाकुर बेल्बासे,पारस बस्नेत, राजु सुनार, नबराज सिंह ठकुरी,सुन्दर सिंह ठकुरी,प्रेमबहादुर घर्ती लगायत थुप्रै स्थानीय नेता कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया