अर्घाखाँची।नमस्ते म तेजेन्द्रसमशेर पाण्डेय !अर्घाखाँची बुलेटिन डटकममा स्वागत छ । आज मैले अर्घाखाँचीका सम्मानित सामाजिक ब्यक्ती,हाम्रा अग्रज श्री निमबहादुर रिजालज्यु सङ्ग शनिबारको दिनमा केही विशेष कुराकानी गरेको छु।
" चाचा " उपनाम बाट अर्घाखाँचीमा परिचीत उहाँ बिगतमा सयौ सामाजिक सस्था र सामाजिक कार्यमा अग्रसर रहनुभयो । साथै राज्य र अन्य निकाय बाट पनि सामाजिक कार्यका लागि पनि बिगतमा पटकपटक सम्मानित पनि हुनुभयो।
हाम्रा लोकप्रिय अग्रज "चाचा "नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीका पुर्व सभापती हुनुहुन्छ !सामुदायिक प्रहरी सेवा केन्द्र अर्घाखाँचीका सस्थापक अध्यक्ष,निर्मल सुस्तमनस्थिती बिध्यालयका सस्थापक अध्यक्ष सहित अन्य तमाम सामाजिक सस्थामा उहाले बिगतमा नेतृत्व गर्नु भयो । उहाँ हाल जेस्ठ नागरिक जिल्ला संघ अर्घाखाँचीका अध्यक्ष पनि हुनुहुन्छ।
अझ महत्त्वपूर्ण कुरा त के छ भने उहाले लामो समयको अध्ययन,परिश्रम र प्रयासका साथ सन्धिखर्क नगरपालिका ओडा नम्बर ४ वाङ्गलामा ऎतिहासिक ,पुरातात्त्विक,प्राकृतिक र सास्कृतिक महत्त्वका सामाग्री सहितको बैकुण्ठपुरी सङ्ग्रालय स्थापना गर्नुभयको छ ! सो सङ्ग्रलाय पुगेका अवलोकन कर्ता एवम पर्यटकहरुले त्यहा पुगे पछि स्वर्ग पुगे जस्तो महसुस हुने बताउछन।
एकपटक मात्र हैन पटकपटक पुग्न पर्ने ठाउँ हो,बैकुण्ठपुरी सङ्ग्रालय ! तपाईं पनि त्यहा पुग्नु भयको छैन र अहिले अर्घाखाँचीमा हुनुहुन्छ भने भोलि बिहानै परिवार सहित बैकुण्ठपुरी सङ्ग्रालय पुग्नुहोला भन्ने हामी अनुरोध गर्दछौ ।
उक्त सङ्ग्रालयको बारेमा थप जानकारी हामी केहि दिनमा भिडियो सहित Arghakhanchibulletin.com मार्फत गराउने छौ !!
आदरणीय अग्रज श्री निमबहादुर रिजाल " चाचा "ज्यु का सामाजिक कार्य र योगदानका लागि हामी उच्च सम्मान ब्यक्त गर्दछौ ।तपाइको सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछौ !
उहाको जिवनकालका गतिविधि र अनुभव पनि अर्घाखाँची बुलेटिन डटकम मार्फत छिट्टै प्रशारण गर्नेछौ !!
तपाईको प्रतिक्रिया