Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दिदि र बाबालाइ चिताबाट फर्कनको लागि अनुरोध: सरोज

   
903   पटक पढिएको

सरोज भुसाल,सन्धिखर्क।
तपाइहरुका इच्छा र भाबनाहरु मैले सुन्न नपाउदै जानुभयछ
यदि मिल्छ भने आउनुस म सुन्छु सके पूरा गर्छु।।।
दिदी तिहारमा मेरो निधार जिन्दगी भरिनै खाली हुने भयो
यदि मिल्छ भने आउनुस मेरो उमेर लाई आधा-आधा पारेर जिउँला।।

बाबा आमाले लगाएको रातो चोली अनि रातो चुरा मैले सम्झदैन तर हेर्न मन छ मिल्छ भने आमाको सिउदो भर्नको लागि भएपनी आउनुस ।।।
मलाइ तपाइहरुको चोर औला समातेर एकपटक हिंड्न मन छ मिल्छ भने आउनुस मैले अनि हजुरले जोरेको सम्पती बेचेर।।
दिदी मलाइ हजुर डोलि चढेर घरबारे हुन गएको देख्न मन छ मिल्छ भने आउनुस मेरो जिबनकालमा भोग्ने दुख बेचेर भएपनी।।।।।।
बाबा मेरो सफलताको विबरण देख्न पनि पाउनुभएन मिल्छ भने दिदी लाई लिएर आउनुस अहिले सम्मको मेरो सफलता बेचेर भएपनि।।।।।

बाबा दिदीलाई पनि रहर छ होला बुहारिलाइ ढोका छेक्नकोलागी मिल्छ भने लिएर आउनुस मेरो शरिर बेचेर भएपनी।।।।।
बाबा दिदिलाइ सम्झेर आमाको सधै रसाउछ आँखा यदि मिल्छ भने आउनुस म हजुरको सट्टामा बसौला।
बाबा तपाइलाइ नाति नातिना र दिदीलाई भाइ बहिना खेलाउने रहर छ होला यदि मिल्छ भने आउनुस उनिहरुको जिबनकालको सोचाइ बेचेर भएपनी।।
तपाइहरु बिरामी हुँदा औषधि किन्ने म भैसकेको छु आउनुस बिरामी भएरै भएपनी मैले जिबनकालमा कमाउने पैसाले गरौला उपचार।।
दिदी मलाइ भान्ज भान्जीलाई बोकेर मावल ल्याउन मन छ यदि मिल्छ भने लिएर आउनुस तपाइका सारा दुख मलाइ बोकाएर भएपनी।।

बाबा मलाइ स्कुलमा सबै साथिले टुहुरो भनेर हेप्छन मलाइ हुने मन छैन टुहुरो हजुर आउनुस मेरो नाममा जोडिएको टुहुरो अक्षर हटाउनको लागि भएपनी।।
हजुरहरु नहुदा मेरो बिहेपनि अर्थहिन हुने भयो सबैकुरा मिलाएर आउनुस मेरो बिहेलाइ मुल्यवान बनाउनको लागि भएपनी।।
सरोज भुसाल
डिभर्ना ११

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया