सचिन खनाल ,दिल्ली।
फागुन २१ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँचीको मालारानी गाउँपालिकाका ३३ बर्षिया लेखनाथ पोख्रेल भारत राज्यको गाजियाबाद कौशाम्बी मा झु'ण्डि'ए'को अवस्थामा मृत फेला परेका छन्।
मृतक पोख्रेल मालारानी गाउँपालिका वडा नम्बर ४ पधेंरा बडाचौंर निवासी मित्र बहादुर पोख्रेलका छोरा हुन्। पोख्रेल रोजगारिको शिलसिलामा भारत राज्यको गाजियावादमा कार्यरत रहेको खबर प्राप्त भएको छ।
पोख्रेल हिंजो अर्थात फागुन २० गते ४ मार्चको कौशाम्बी पार्कमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। मृतक झुण्डिएको स्थल र उनको मुचुल्का देख्दा आत्महत्या नभएर झुण्डाएर' हत्या गरिएको हुन् सक्ने प्रतक्ष्यदर्शिको भनाइ रहेको छ। एद्वापी प्रहरी प्रसासनले आ'त्म'ह'त्या नै भएको पुष्टि गरेको छ।
घटनाको सत्य तथ्य विवरण प्रहरी द्वारा अनुसन्धान भईरहेको जानकारी प्राप्त भएको छ।
तपाईको प्रतिक्रिया