काठमाडौं – हालै गरिएको एउटा अध्ययनले आफ्नो श्रीमानको भन्दा बढी कमाउने महिलाहरुमा डिप्रेशन हुने देखाएको छ । अेमेरिकाको यूनिवर्सिटी ऑफ इलिनॉइस का शोधकर्ताहरुका अनुसार परिवारमा जव अरु सदस्यको तुलनामा महिलाको आय बढ्छ तब उनीहरुमा डिप्रेशन पनि बढ्ने देखाएको छ ।
शोधकर्ता करेन क्रामर र सुजिन पाक ले गरेको उक्त अध्ययन अनुसार परिवारको सबैभन्दा बढि आर्थीक भार उठाउनेलाई डिप्रेशन हुने दखिएको छ । तर परिवारका अन्य सदस्यको आम्दानीमा बढोत्तरी भएमा पुरुष सदस्यको जीवनस्तर त राम्रो हुन्छ नै उनको मानसिक स्वास्थ्य पनि राम्रो हुने उक्त अनुसन्धानले बताएको छ ।
यस अध्ययनमा १४६३ पुरुष र १७६९ महिलालाई सहभागी गराएर मानसिक तथा मनोबैज्ञानिक स्वास्थ्य परिक्षण गरिएको थियो । अध्ययनको रिपोर्टले आफ्नो बच्चाको स्याहार सुसारको लागि बिदा लिएर घरमा बसेकी महिलाको मानसिक अवस्थामा कुनै नकारात्मक असर देखिएन तर बच्चाको स्याहार सुसारको लागि बिदा लिएर घरमा बसेका पुरुषमा भने डिप्रेशन बढेको देखिएको थियो ।
तपाईको प्रतिक्रिया