Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

‘खबर गरौं ११४५’ को शुभारम्भ

   
1422   पटक पढिएको

राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपल्ट २४ सै घण्टा सञ्चालनमा रहने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ सोमबार देखि संञ्चालनमा ल्याउने भएको छ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अन्तिम दिनको अवसर पारेर आइतबार एक समारोहबीच यो सेवाको शुभारम्भ गरिएको हो।

यस हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ मा महिला हिंसा वा सामाजिक कुरीतिबाट पीडित भएको वा महिला अधिकार प्रयोग गर्न नदिएको वा कुनै व्यक्ति वा संस्थाले महिला अधिकारको प्रयोग गर्नबाट बञ्चित गरेको विषयमा पीडित व्यक्ति वा निजको तर्फबाट जो सुकैले खबर गर्न सकिने आयोगले जनाएको छ।

हेल्पलाइनमा आएका उजुरीहरुको मुद्धा व्यवस्थापन प्रणालीमा दर्ता भएपछि प्रारम्भिक छानविनबाट हिंसा भएको वा अधिकारबाट वञ्चित भएको देखिए मुद्दाको प्रकृति अनुसारका आवश्यक सेवाहरू जस्तै सुरक्षित बास, स्वास्थ्य उपचार सेवा, मनोसामाजिक परामर्श, बालबालिकाका लागि विशेष सहयोग वा कानुनी सेवाका लागि सम्बन्धित सेवा प्रदायक संस्थामा पठाइने आयोगले विज्ञप्ती जारी गरी जनाएको छ।

‘खबर गरौं ११४५’ हेल्पलाइन सेवा मार्फत हिंसापीडित महिला तथा बालबालिकाले तत्कालै उजुरी गरी आवश्यक सेवा तथा परामर्श प्राप्त गर्न सहयोग पुग्ने महिला बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले शुभारम्भ कार्यक्रममा आशा व्यक्त गरे।

राष्ट्रिय महिला आयोगमा हाल हिंसामा परेका महिला उजुरी दर्ता गर्न मौखिक वा लिखित उजुरी दिन सकिने कानूनी व्यवस्था भएपनि स्वयम् आफैं उपस्थित भएपछि मात्र छानविन र सिफारिस गर्ने विगतको कार्यप्रक्रियालाई परिष्कृत गरेर पीडित जहाँ भए पनि आफैं वा अरूले समेत टेलिफोन, मोवाइल वा एस.एम.एस. वा अनलाईन जुनसुकै विधिबाट उजुरी दिन पाउने व्यवस्थाले पीडितलाई उजुरी दर्ता गर्न सहज पहुँच हुने भएको छ।

यो सेवाले राष्ट्रिय महिला आयोगले विगतमा गर्दै आइरहेको काम कारबाहीलाई प्रविधिमार्फत अझ छिटो–छरितो तरिकाले हिंसा प्रभावितलाई सहयोग पु¥याई न्याय प्रदान गर्न सहजीकरण गर्ने अपेक्षा गरिएको आयोगले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

पाटनबाट ३७ वर्षअघि चो’रिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

काठमाण्डाै।पाटनबाट ३७ वर्षअघि चो’रिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण