उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन सडक दुर्घटनामा परी घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।
उनीसँगै रहेका पत्रकार मनोज पुन पनि घाइते भएका छन्। रोल्पाको सातदोबाटोमा उनीहरु चढेको गाडी दुर्घटनाग्रस्त भएको थियो।
घाइतेहरुलाई भालुवाङसम्म गाडीमा र त्यसपछि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ।
तपाईको प्रतिक्रिया