युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन (इयु इओएम) नेपालले मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हिंसात्मक आक्रमण बढी भएको निष्कर्ष निकालेको छ।
शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मिसनको प्रारम्भिक वक्तव्य प्रस्तुत गर्दै इयुका प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले भनिन, ‘प्रतिनिधि र प्रदेशसभा निर्वचण हुनु नेपालको संविधान कार्यान्वयनको एउटा कोसेढुङ्गा हो।’
मंसिर १० र २१ गते गरी १०० भन्दा बढी इयु पर्यवेक्षकहरूले सात प्रदेशका ६१ जिल्लाका अन्तर्गत ६३३ मतदान केन्द्रमा अवलोकन गरेका थिए। ती मतदान केन्द्रमा मतदान कार्य व्यवस्थित भए पनि केही मतदान केन्द्रमा मतदान कार्य व्यवस्थित हुन नसकेको इयुका प्रमुख पर्यवेक्षेक जोभ्काले जानकारी दिइन्। अभिव्यक्तिको स्वतन्त्रता र प्रेस स्वतन्त्रता भने कुण्ठित नभएकोमा उनले खुसी व्यक्त गरिन्। इयु इओएमले १३ राष्ट्रिय सञ्चारमाध्यमहरूको सामग्री अध्ययन गरेको थियो।
नेपालको संविधान कार्यान्वयनमा ल्याउन सकारात्मक भूमिका इयुले खेल्नु पर्छ भन्ने उद्देश्यले निर्वाचन पर्यवेक्षण गरेको इयुका प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले बताइन्।
तपाईको प्रतिक्रिया