मलेसियामा अवैध आप्रवासी कामदारविरुद्ध संचालन गरिएको खोजी अभियानमा नेपाली कामदार पनि पक्राउ परेका छन्।
मंगलबार अति व्यस्त पर्यटकीय क्षेत्र मानिने बुकित बिन्ताङको जलान आलोर र जलान चङ्कातमा प्रहरीले संचालन गरेको खोजी अभियानमा उनीहरु पक्राउ परेका मलेसियाली अंग्रेजी दैनिक ‘द सन डेली’ ले उल्लेख गरेको छ। नेपालीसँगै अन्य ४४० आप्रवासी विदेशी कामदार पनि पक्राउ परेका छन्।
नेपाली समेत पक्राउ परेका बताइए पनि संख्याबारे केही उल्लेख गरिएको छैन। पक्राउ परेकाहरुलाई आवश्यक कानुनी प्रक्रियापछि उनीहरुकै मुलुक फर्काइने जनाइएको छ।
सरकारले अवैध हैसियतमा रहेका आप्रवासीविरुद्ध खोजी अभियान चलाउँदै आएको छ। उसले अवैध अवस्थामा रहेका आप्रवासीलाई जरिवाना रकम तिरेर स्वदेश फिर्नसक्ने अवसरसमेत दिइरहेको छ।
तपाईको प्रतिक्रिया