पोखरा रंगशालामा भएको पुरुषतर्फको खेलमा आर्मीले मध्यमाञ्चललाई २५–८,२५–१० र २५–२० को सोझो सेटमा हराउदै दोश्रो जित निकालेको छ । यस्तै एपीएफले मध्यापश्चिमाञ्चललाई २५–१०,२५–९ र २५–२० को सोझो सेटमा पराजित गरेको छ ।
बुधबार नै भएको महिलातर्फ एपीएफले कान्छो बिभागिय टिम आर्मीलाई २५–९,२५–१९ र २५–७ को सोझो सेटमा पराजित गर्यो । त्यस्तै पुलिसले पुर्वाञ्चललाई २५–१७,२५–१५ र २५–१६ को सोझो सेटमा स्तब्ध बनायो ।
महिलातर्फ नै पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–७,२५–५ र २५–२३ को सोझो सेटमा पराजित गरेको छ । यस्तै मध्यामञ्चलले सुदूरपश्चिमाञ्चलमाथी २५–३,२५–५ र २५–११ को सोझो सेटमा हराउदै दोश्रो जित निकाल्यो ।
तपाईको प्रतिक्रिया