काठमाडाैं– नर्भिक इन्टरनेशनल हस्पिटलले ३ टेस्ला एम.आर.आई. र अत्याधुनिक प्रविधिसम्पन्न १२८ स्लाइस सी.टी. स्क्यान मेसिन थप गरेको छ । न्युुक्लिएर मेडिसिन सेन्टरका रुपमा परिणत गर्न थप एक अत्याधुनिक सी.टी. स्क्यान र अत्याधुनिक एम.आर.आई. सेवा थपिएको बताइएको छ । उक्त नयाँ सेवा पूर्व युवराज्ञी तथा समाजसेवी हिमानी राज्यलक्ष्मीदेवी शाहले गरेकी छन् ।
समारोहमा वरिष्ठ कलाकार तथा नर्भिकका सद्भावनादूत हरिवंश आचार्य उपस्थित थिए । निदरल्याण्डमा निर्मित एम.आर.आई.मा यसको (इन–बोर) सुरूङ्ग भित्र श्रब्य–दृश्य प्रणाली रहेको हुँदा बिरामीले आफूलाई मनपर्ने, सङ्गीत, मनपर्ने भिडियो आदि सुन्न÷हेर्न सक्ने सुविधा छ ।
श्रब्य–दृश्य हुने भएको हुँदा एम.आर.आई. गराउने बिरामीलाई डरको सट्टा मनोरञ्जन दिने र तिनले आफ्नो छनौटको सङ्गीत वा भिडियो हेर्न मिल्ने विशेषता रहेको बताइएको छ ।
१२८ स्लाइसको सी.टी. स्क्यान सामान्य सी.टी. स्क्यानको तुलनामा एक्स–रेको विकीरण ८० प्रतिशतले कम हुने, उत्कृष्ट फोटो गुणस्तरका साथ अन्य थुप्रै अत्याधुनिक विशेषताहरू रहेका छन् । यसले मुटु, मस्तिष्क, मांशपेशी, अस्थीपञ्जर आदि सबै प्रणालीको खराबी÷रोग पत्ता लगाउन भूमिका खेल्छ ।
समुद्घाटन समारोहमा आफ्नो स्वागत मन्तव्य राख्दै नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले हस्पिटलले आगामी पाँचवर्षभित्र सम्पन्न गर्ने विविध सेवा विस्तार योजना बारे प्रकाश पारिन् । त्यसरी नै नर्भिकका स्नायुरोग विशेषज्ञ तथा चिकित्सा निर्देशक डा. पंकज जलानले आजै समुद्घाटिन अत्याधुनिक एम.आर.आई. तथा सी.टी. स्क्यान सेवाको अत्याधुनिक एवम् वैज्ञानिक विशेषताहरूबारे व्याख्या गरे ।
समारोहमा हस्पिटलका अध्यक्ष बसन्त चौधरीले प्रमुख अतिथि पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहलाई प्रशंसा–पत्र अर्पण गरेका थिए ।
तपाईको प्रतिक्रिया