सन्धिखर्क, साउन १ [ अर्घाखाँची बुलेटिन ]- १ साउन आज नेपालभर साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति पर्व मनाइँदै छ। सौरमानअनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले आजको दिनलाई कर्कटसङ्क्रान्ति पनि भनिएको हो।
असारे काम सकी हिलोबाट आउनसक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो चाड मनाइँदै आएको धार्मिक विश्वास छ। आज विभिन्न फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाका रोगबाट बच्न सकिने विश्वासका साथ कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधिको रूपमा प्रयोगहुने वनस्पतिसमेत बाली आ-आफ्ना घरआँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ।
एक ले अर्को लाई बोलाउदै मेरो लुतो लैजा भन्ने गरिन्छ । यो महिना देखि पर्वहरु को शुरुवात भएको मानिन्छ । चेलीहरु ले रंग रंगका चुरा लगाउने गर्छन । दिदि बैहिनी बसेर आज मिठो पकाउने बस्ने खाने गफ गर्नेगछन । विवाहित महिलाहरू साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।
तपाईको प्रतिक्रिया