Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

करोडौ रकम असुलेका सिके लाई प्रकाउ गर्न पीडिहरु को माग

   
1573   पटक पढिएको

स्याङजा, साउन २ [ अर्घाखाँची बुलेटिन ]: करोडौ रकम असुलेका कृष्ण बहादुर सिके लाई प्रकाउ गर्न पीडिहरु ले माग गरेका छन ।

स्याङजा स्वरेक – ८ घर भइ हाल काठमाण्डौ बस्दै आएका कृष्ण बहादुर सिकेले विदेशमा आकर्षक जागिर दिलाइदिने नाममा सर्वसाधारणबाट करोडौ रकम असुलेका हुन् ।

सिकेले आकर्षक तलब सुविधा देखाएर राष्ट्रिय पत्रपत्रिकामा सुचना निकाल्दै सर्वसाधारणलाई ठगि गर्ने गरेका छन । क्यानडा, अमेरिका , रसिया तथा अस्टेलिया पठाउने भन्दै सिकेले २ वटा कन्सल्टेन्सी कोरल एजुकेशन कन्सल्टेन्सी, रोएल एजुकेशन कन्सल्टेन्सी, र १ मेनपावर रोएल एचआर सोलुसन ५० जना भन्दा बढी युवाहरुबाट करिब दुई करोड ठगि गरेको छ । सिकेबाट ५० हजार देखी १३ लाख सम्म ठगिएका व्यक्तिहरु सम्पर्कमा आउनुभएको छ  ।

बिदुर घतानेको ६ लख ,गोबिन्द रेग्मी ५ लाख, ओम बहादुर पुनको ४ लाख, उर्मिला पुनको ३ लाख ७० हजार, भबीस खड्का ३ लाख, बिनोद शर्मा २ लाख ५० हजार, प्रबीन जङ बस्नेत २ लाख, आर्यान जोशीको २ लाख, सागर पुरीको १ लाख , सरोज श्रेष्ठ ६० हजार लगाएय अरु धेरै व्यक्ति बाट ठगिएको अनुमान गरिएको छ । ठगिएका मध्ये भबीस खड्का र प्रबिन जङ बस्नेत लाई पैसा फीर्ता माग्दा बाउन्स चेक पनि दिएका थिए एक महिना पहिला मिडिया आए पनि अहिले सम्म पीडितले सयोग पाएका छैन्न् स्याङजा बाट  विनोद शर्मा ले जानकारी दिनु भयो ।

सीके ले बेलाबेलामा आफुहरुसंग बेलाबेलामा भाइबर मा कुरा हुने र सधै पैसा फिर्ता दिन्छु भन्ने गरेको तर कहिले दिने भन्दा एक हप्ता पछी,एक महिना पछी गर्दै १ वर्ष पछि दिन्छु भनेर टार्ने गरेको पिडीतहरुले बताए । फरहार हुनु भन्दा अगाडि सम्पर्क भएको थियो अनि फोनमा सम्पर्क गर्दा म दिल्ली मा छु हजुरको काम मा आएको भन्ने गरेको सबै काम सकेर आउछु भन्ने पनि अहिले सम्म अत्तो पत्तो नरेको पीडितहरु गुनासो छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया