Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पाणिनी गाउँपालिका पोखराथोक निबासी यम प्रसाद श्रेष्ठ को निधन

   
1337   पटक पढिएको

सन्धिखर्क , साउन ४ [ अर्घाखाँची बुलेटिन ]-   अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका २ पोखराथोक निबासी नेपाली कांग्रेस पाणिनि गाउपालिका वडा नं.२ का कोषाध्यक्ष तथा समाजसेवि ५३ बषि्य यम प्रसाद श्रेष्ठ को अकल्पनीय निधन भएको छ। बिहान एक्कासि हृदयघात भै उपचारको।

निम्ति पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको पालिका अध्यक्ष अच्युत गौतमले जानाकारी दिनुभएको छ। अहिले श्रेष्ठ को मृत सरिरलाई लुम्बिनी नरसिंह अस्पताल परबास पाल्पामा राखिएको सयोगी बिसी ले जानकारी गराउनु भयो  ।

निज मृतक श्रेष्ठको एक मात्र छोरा रहेको र उहाँ पनि दुबईमा रोजगार गर्दै आउनु भएकोले उहाँ आएपछि मात्र गुल्मी रिडि घाटमा दाहसंस्कार गरिने परिबारले जनाएका छन । नेपाली कांग्रेसका क्षेत्रीय समिती सभापति तथा पाणिनी गाँउपालिका अध्यक्ष अच्युत गौतमद्धारा दु:ख व्यक्त समेत गर्नु भएको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया