Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जलेर घाइते पीडित बालकको आर्थिक कमजोरको कारण उपचार हुन सकेन्

   
1068   पटक पढिएको

प्रेम खड्का , सन्धिखर्क- साउन ७ [अर्घाखाँची बुलेटिन ]:- अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका वार्ड नम्बर ८ जलुकेको लाहापेका शरीर जलेर घाइते पीडित बालकको आर्थिक कारणले उपचार हुन सकेको छैन् ।

 लाहापेका बुबा तिलक परियार र आमा नमुना परियारको एक मात्र छोरा ५ वर्षिय प्रबिन परियारको आर्थिक कारणले उपचार हुन नसकेको हो । 

 स्थानिय जलजला बोर्डिङ स्कुलमा कक्षा एल के जी मा अध्ययनरत बालक प्रबिन परियारको बिबाहको भोजमा गएको बेला आगलागी हुँदा शरीर जलेर घाइते भएका थिए । 

 प्रविनको अहिले उपचारका लागि भैरहवा मेडिकल कलेजमा राखिएको छ । त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले थप उपचारको लागि काठमाडौं लैजान रिफर गरेता पनि आर्थिक अवस्था कमजोर हुँदा बालक अलपत्र परेका छन् ।

 आफ्नो छोराको जीवन रक्षाको लागि सहयोग उनका बाबुले अर्घाखाँचीडट्कम मार्फत सबैलाई अनुरोध गरेका छन् । उनलाई ९८१२८२८३६४ मा संपर्क गर्न सकिनेछ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया