Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले आज देखि सन्धिखर्कमा चौथो अर्घाखाँची महोत्सव शुरु (फोटो फिचर सहित )

   
1984   पटक पढिएको

नमराज भुसाल,सन्धिखर्क । अर्घाखाँचीबुलेटिन-अर्घाखाँचीमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले पुस २७ गते देखि सन्धिखर्कमा चौथो अर्घाखाँची महोत्सव आज देखि शुरु भएको छ ।

अर्घाखाँची जिल्लालाई ब्यवसायिक पर्यटकिय हिसाबले देश विदेशमा चिनाउन जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित बस्तुहरुको प्रर्बद्धन गर्नको लागि महोत्सवको आयोजना गरिएको हो ।

अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा आज देखि माघ ८ गते सम्म सन्धिखर्क १ को कुडुले फाटमा कृषि उद्योग व्यापार पर्यटन तथा साँस्कृतिक महोत्सव शुरु भएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित फोटो फिचर