अर्घाखाँचीबुलेटिन -जनगायिका निलिमा पुनले प्रदेशमा गएर काम गर्ने नेपाली चेलीहरुको कथा र व्यथालाइ समेटेर नयाँ तीज गीत जनसमक्ष ल्याएकी छन् ।
जनगायक जीवन शर्माको युट्युव च्यानलबाट जनगायिका पुनको ‘प्रदेशी चेलीको बेदना’केही दिन अगाडी सार्वजनिक गरिएको हो । निलिमाको तीज गीतमा आफ्नो मातृभूमि छोडेर रोजगारीका लागि प्रदेश पुगेका नेपाली चेलीहरुको मर्मस्पर्शी भावना समेटिएको छ ।
गीतमा शब्द र लय स्वयं निलिमा पुनकै रहेको छ भने स्वरमा उनलाइ बिमा पुन र सुकमाया बुढाथोकीले साथ दिएका छन् । गीतको एरेन्ज नारायण दङ्गालले गरेका छ्न भने दृश्य सम्पादन तुलसी बास्कोटाले गरेका छन् ।
गीतमा रक्तिम साँस्कृतिक अभियानमा लामो समय क्रियाशील रहेका धेरै कलाकारहरुको नृत्य र अभिनयलाई समेटिएको छ ।
तपाईको प्रतिक्रिया