माधब पौडेल,सन्धिखर्क।
माघ २४,अर्घाखाँची बुलेटिन- लोक संगीत को बजार मा पछिल्लो समयमा प्रतिस्प्रधा बढिरहेको देखिन्छ ।त्यही बीच मा अति मर्म स्पर्शी फाँसी नामक बोल को गीत बजार मा आएको छ ।
जसमा शब्द तिलकराज ज्ञवाली लय तथा थेगो सीता भुसाल, गीतमा डोलराज सुवेदी र सीता भुसाल को स्वर रहेको छ ।जुन गीत मा तीन वटा नेपाली युवा हरु काम गर्न प्रदेश पस्दछन् अनि काम गर्ने क्रम मा एकजना घर को माथि बाट लड्दछ अनि साथी दौडदै आएर त्यो लडेको साथी लाई हात ले छुन्छ त्यतिकैमा एउटा मुस्लिम ले देख्छ अनि उसलाई फसाइन्छ हात ले छोएकै कारण उसलाई फासी को सजाय हुन्छ ।
गीत हेर्दा मन रुन्छ मन बहाकिन्छ ।गीतको निर्देशक स्मृति तिमील्सिना गुरुआमा ले गर्नुभएको छ।गीत मा मुख्य अभिनय साया भण्डारी आशिर प्रताप राणा को रहेको छ भने अन्य मा नेपालमा १२६ घन्टा नाचेर गिनिजबुक मा नाम लेखाउने नाच्ने बन्दना नेपाल , जनता टेलिभिजनकि शर्मिला अर्याल , साया भन्डारी,तिलकराज ज्ञवाली ,दिपक पाण्डे को रहेको छ ।यो गीत गाउने सीता र डोलराज नाता ले काका भतिजी रहेका छन् ।
तपाईको प्रतिक्रिया