राज अधिकारी,अर्घाखाँची।
फाल्गुन २९ ,अर्घाखाँचीबुलेटिन - मिति २०७६/११/२४ गते देखि सितगङ्गामा जारी रास्ट्रीय गितको सुटिङ्ग हिजो मिति २०७६/११/२८ गते सम्पन्न भएको छ ।
सितगङ्गा नगरपालिका जन्म भै काठमाण्डौलाई कर्म थलो बनाउनु भएका लोक दोहोरी गायक खुम राज घिमिरे र लोक दोहोरी गायिका राधा आचार्य अधिकारिको "जति हेर्यो झन राम्रो हाम्रो सितगङ्गा" भन्ने गितको बोल सितगङ्गाका १४ वटै वाडलाई समेटिएर भिडियो सुटिङ्ग भएको छ ।
भिडियो सुटिङ्ग गर्दा विभिन्न स्थानमा कल्चर झल्किने झार्क्री पन्चेबाजा, सहित टिपिकल डान्सलाई पनि भिडियोमा देखाउने भन्दै गायक खुमराज घिमिरेले बताउनु भएको छ। साथै गित सुटिङ गर्दा सहयोग गर्नु हुने देश बिदेशमा रहनुहुने इस्ट्रमित्रलाई धेरै धेरै धन्यबाद दिनु भएको छ।
सुर्खेत रेडियो नेपाल देखिको यात्रा "ठाडाको दहमा"तेस्तै एल्बम चल्यो बासना गितको बोल "घर अर्घाखाचिमा" सफल यात्रा पछि एल्बम "चिन्ता" बिमाकुमारी दुरा सङै "सुपा माईकी थान" तेस्तै तिज गित रेलिमाइ टिपिकल राधा आचार्य सङ्ग लय भाकाले बजार तताएको थियो।
राधा अधिकारी आर्चायले पनि अर्घाखाँची सितगङा मा जन्मिनुभएको सानै देखि गित सङित मा एकदमै रुचि राखने पहिलो गीति सङ्रगह रेलिमाइ गाउनुभएको थियो।
यस्तै थुप्रै एल्बममा आफुलाई चिनाउदै आउनु भएका गायक केही समय घरकै परिस्थितिले गर्दा खुम्चिन बाध्य हुदा हुँदै फेरि गाएन क्षेत्रलाई निरन्तर रुपमा अगाडि बनाउनका लागि यसपली सितगङ्गाको रास्ट्रीय गित सुटिङग गर्दै फेरि आउदा दिनमा अझ रमाइला गित गाउने बाचा गर्दै जिल्लामा चिर परिचित नाम खुम राज घिमिरे सबैको मनमा बस्न सफल भएका छन ।
सुटिङ्गमा सहयोग गर्ने सम्पुर्ण इस्ट्रमित्रलाई धन्यबाद दिदै बैशाख एक गते नयाँ बर्षको दिन मेरो गित बजारमा आउदै छ हेर्न र सुन्नु नभुल्नु होला भन्दै म फेरि पन्चेबाजा गित सुटिङ फेरि गाउमै गर्ने बाचा गर्दै सबैलाइ फेरि पनि धन्यबाद दिदै सम्पन भएको थियो।
तपाईको प्रतिक्रिया