कञ्चनपुर,चैत २२- कोरोना भाइरसबारे अफवाह फैलाएको आरोमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ का २३ वर्षीय गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।
फेसबुकमा महेन्द्रनगरको अञ्चल अस्पतालम कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ भन्दै सुनारले स्टाटस लेखेका थिए।
फेसबुकमा स्टाटस पोस्ट गरी सर्वसाधारणमा अफवाह, डर, त्रास र भ्रम फलाउने कार्य गरेकाले सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए।नारायणी अनलाइन बाट
तपाईको प्रतिक्रिया